नेपालका बेग्लाबेग्लै स्थानहरूमा भिन्नभिन्न क्षेत्रहरूमा कार्यरत संस्था र व्यक्तिहरूबीच संवाद प्रक्रियाबाट सहकार्यको संस्कृति विस्तार गर्ने उद्धेश्य अनुरूप एउटा अभियानका रूपमा 'सामाजिक संवादका लागि सहकार्य' - एएसडी सुरु भएको हो । एएसडीले आफ्नो उद्धेश्य बमोजिम लोकतान्त्रिक / प्रजातान्त्रिक मूल्य र मान्यताहरूको प्रवर्द्धन गर्न नेपालभित्रका विभिन्न विषयहरूलाई समेटी सरोकारवालाहरू बीच अन्तरक्रिया/बहस विस्तार गर्न लागि परेको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा मुख्यालय रहेको ओपन सोसाइटी इन्स्टिच्युट -ओएसआई निजी स्तरबाट सञ्चालित अनुदान प्रदान गर्ने संस्था हो । ओएसआईको मुख्य उद्देश्य लोकतान्त्रिक शासनपद्धति र मानव अधिकारको प्रर्वर्द्वन गर्ने तथा आर्थिक, कानुनी र सामाजिक सुधारका लागि अनुकूल हुने सार्वनिक नीति तय गर्न सहयोग पुर्याउनु हो । ओएसआईले संसारका विभिन्न स्थानमा कानुनी शासन, शिक्षा, जनस्वास्थ र स्वतन्त्र सञ्चारका क्षेत्रमा सहयोग पुर्याउने खालका थुप्रै क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । यसै गरी यस संस्थाले विश्वका फरकफरक स्थानमा रहेर खुला र स्वतन्त्र समाजको प्रर्वर्द्वन गर्नेहरूबीचमा सहकार्य बढाउन पनि काम गरिरहेको छ ।