Home » Proposal Format (Nepali)



परियोजना प्रस्ताव तयार गर्दा उल्लेख गर्नुपर्ने बुँदाहरू

(परियोजना प्रस्ताव १० पृष्ठभित्र समेटिएको हुनुपर्नेछ )

निम्न कुराहरू परियोजना प्रस्तावमा संलग्न गर्नुपर्नेछ ।
१. परियोजनाको शीर्षक

२. परियोजना प्रस्ताव गर्न चाहने संस्था/व्यक्तिको नाम

३. सम्पर्क व्यक्ति, सम्पर्कको माध्यम तथा सर्म्पक ठेगाना : संस्था/व्यक्तिको नाम, पत्राचार गर्ने पूरा ठेगाना फोन नम्बर, फ्याक्स नम्बर, इमेल (बढीमा एक अनुच्छेद)

४. संस्थाको विवरण : संस्थाको छोटो परिचय, उद्देश्य र लक्ष्य, संस्थाको कार्यकारिणी समिति र कर्मचारीको विवरण (आधा पेजमा) - यदि संस्था आन्तरिक राजस्व विभागमा दर्ता भएको छ भने, स्थायी लेखा नम्बर र कर छुटको प्रमाणपत्र पनि समावेश गर्नुहोला ।

५. परियोजना सञ्चालन गरिने ठाउँ

६. परियोजना अवधिः परियोजना सुरु गरिने र अन्त्य हुने मिति

७. परियोजनाको सङ्क्षिप्त विवरण : परियोजनाको भूमिका, परियोजनाले कस्ता वा कुन समस्यालाई सम्बोधन गर्नेछ (परियोजनाको औचित्य), परियोजनामार्फ तपाईंले के गर्न खोजिरहनुभएको छ, परियोजनाबाट लाभान्वित हुने समूह कुन हो - यदि एकभन्दा बढी संस्थाहरूबीच समन्वय राखी काम गर्ने भए, साझेदारहरूको भूमिकाबारे पनि उल्लेख गर्नुहोला ।

८. परियोजनाको लक्ष्य र उद्देश्य : परियोजनामार्फ के प्राप्त गर्न खोजिएको हो - अथवा कस्ता योजना सम्पन्न गर्न परियोजना लक्षित हुनेछ - लक्ष्य र उद्देश्य मापनयोग्य हुनुपर्नेछ ।

९. परियोजनाको कार्ययोजना : परियोजना कार्यान्वयन गर्ने प्रक्रिया र विधि, परियोजनाअर्न्तर्गत सञ्चालन गरिने गतिविधिहरू, परियोजना सञ्चालन गर्न आवश्यक जनशक्ति, परियोजनाको व्यवस्थापन समीक्षाको प्रक्रिया विवरण । परियोजनाले कुनै सामग्री प्रकाशन गर्ने हो भने त्यसको वितरण गर्ने प्रक्रियाबारे छोटो विवरण ।

१०. परियोजनाको अनुमानित बजेट (कार्यक्रम खर्च र प्रशासनिक खर्च छुटयाएर) : कार्यक्रमको जम्मा लागत, शीर्षक अनुसारको खर्च, प्रशासनिक र कार्यक्रम खर्चको विवरण, परियोजनामा संलग्न रहने फरक संस्थाहरूबाट हुने लगानीको सङ्क्षिप्त विवरण ।


 

SUBSCRIBE TO MAIL LIST
Your Name :
Name is required.

Email Address :
Email is required.Invalid format.

 



 

 

 

 

 

 

 

DOWNLOAD NEPALI FONTS
 
Download and install the fonts for better viewing of Nepali text.

fonts
DOWNLOAD FONTS


 

 

Copyright ©2007, Alliance for Social Dialog